माधव नेपालहरू बसेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं प्रशासनको स्पष्टीकरण

माधव नेपालहरू बसेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं प्रशासनको स्पष्टीकरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ।

निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

सोमबार बेलुकीदेखि चन्द्रागिरि रिसोर्टमा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक बसेको छ। बुधबारसम्म उक्त बैठक बस्नेछ। अध्यक्ष माधवकुमार नेपालसहित सांसद र केन्द्रीय सदस्य गरेर करिब १०० जना नेताहरू चन्दागिरि हिल्स रिसोर्टमा बसेका छन्।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar