दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा पाँच वटा रिट

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा पाँच वटा रिट

काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेशका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ताका लागी पेश भएका छन् । केन्द्रीय कमिटी या संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए पार्टी विभाजन गर्न सकिने अध्यादेशका विरुद्धमा सर्वोच्चमा रिट पेश भएका हुन् ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले नेपालवाचलाई दिएको जानकारी अनुसार अनुप अर्याल, प्रवेश केशी, श्रीकान्त बराललगायत पाँच अधिवक्ताले बेग्लाबेग्लै रिट दायरका लागि पेश गरेका हुन् । हाल उक्त रिटको अध्ययन भैरहेकाले बिहिबार साँझसम्म रिट दर्ता भैसक्ने दाहालले बताए ।
संसद छलेर दल विभाजन जस्तो गम्भीर कानुन अध्यादेशमार्फत् ल्याउन नहुने पनि रिटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:     ३ भाद्र २०७८, बिहीबार  |    Himali Khabar