सरकारले मुलुकभर नै निषेधाज्ञा थप कडाइ पर्दै

सरकारले मुलुकभर नै निषेधाज्ञा थप कडाइ पर्दै

काठमाडौं । सरकारले मुलुकभर नै निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । कोभिड–१९ फैलने खतरा बढ्दै गएपछि स्थानीय प्रशासनसँगको समन्वयमा सरकारले निषेधाज्ञामा कडाइ गर्न थालेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले कोरोना सङ्क्रमण दरमा वृद्धि भएसँगै काठमाडौं ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेतलगायत जिल्लाले निषेधाज्ञामा कडाइ गरिएको बताए । उनका अनुसार यसरी आंशिक वा पूर्ण रुपमा आदेश जारी गर्ने ५७ जिल्ला रहेका छन् ।

मानवीय लापरबाहीका कारण कोभिड–१९ फैलने खतरा रहेको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आदेशलाई पुनः कडाइ गर्न थालेको बुझाइछ । अन्य विभिन्न दर्जनभन्दा बढी जिल्लाले समेत कडाइ गर्दै निषेधको आदेश जारी गर्न थालिसकेको उहाँले जानकारी दिए ।

सरकारले प्रायः जिल्लामा कोभिडका बिरामीको चाप बढ्दै गएको निष्कर्षका साथ त्यसको नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।

प्रकाशित मिति:     ३१ श्रावण २०७८, आईतवार  |    Himali Khabar