मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ

मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ

काठमाडौं, १३ फागुन । लिखत सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा मालपोत कार्यालय चितवनका लेखा अधिकृत पक्राउ परेका छन् । काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने चितवन भरतपुर नगरपालिका–११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लेखा अधिकृत रिठ्ठेसमेतको संलग्नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरुको दस्तखत समेत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ लिखत सम्वन्धी कसूर गरी सरकारी रकम अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएको छ ।

अधिकृत रिठ्ठे तारकेश्वर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति:     १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar