रेलवे कम्पनीका महाप्रबन्धकले राजीनामा दिए

रेलवे कम्पनीका महाप्रबन्धकले राजीनामा दिए

काठमाडौं । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् ।

भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने बताएका छन् । विभिन्न अवाञ्छित स्वार्थहरूको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री बन्न नसक्ने भन्दै उनले नैतिक मूल्य र मान्यताका आधारमा राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar