प्लास्टिक झोला प्रतिबन्धको निर्णय कार्यान्वयन गराउन सर्बोच्चमा रिट

प्लास्टिक झोला प्रतिबन्धको निर्णय कार्यान्वयन गराउन सर्बोच्चमा रिट

काठमाडौं । प्लास्टिकको झोला प्रतिबन्ध नभएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । सरकारले गत साउन १ गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन नभएपछि सरकारविरुद्ध रिट परेको हो ।

गत जेठ १५ मा सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८–७९ को बजेटमा ‘प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा २०७८ साउन १ गतेदेखि पूणरुपमा प्रतिबन्ध लगाउने’ उल्लेख छ । सपिङ मल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लास्टिकको झोलाको सट्टा सुती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था मिलाएको बजेट वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar