प्राधिकरणमा कुलमान घिसिङ नियुक्त , हितेन्द्रदेवले बिदा लिए

प्राधिकरणमा कुलमान घिसिङ नियुक्त , हितेन्द्रदेवले बिदा लिए

काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो ।

यद्यपी निर्णय भने गोप्य राखिएको छ। प्राधिकरणका स्रोतका अनुसार कार्यकारी निर्देशक हितेन्द्रदेब शाक्यले आज आफ्ना विभागीय प्रमुख, विभिन्न परियोजनाका प्रमुखलगायतसँग भेटेर बिदा मागेका छन्।

प्राधिकरणमा नभएपनि सम्मानजनक ठाउँमा जान लागेको भन्दै हितेन्द्रले बिदा मागेका थिए। घिसिङलाई प्राधिकरणको नेतृत्व जिम्मा दिइएको पत्र भने दिइसकिएको छैन।शाक्यलाई जल तथा उर्जा आयोगमा पठाउने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar