काठमाडौं । बागमती प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गर्दै प्रदेश सरकारले कर बढाएको हो।
यस्तो छ । नयाँ करको दररेट
माेटरसाइकल, स्कुटर १२५ सिसीसम्म ३,०००, १२६ सिसीदेखि १५० सिसीसम्म ५,०००, १५१ सिसीदेखि २२५ सिसीसम्म ६,५००, २२६ सिसीदेखि ४०० सिसीसम्म११,०००, ४०१ सिसीदेखि ६५० सिसीसम्म २०,०००, ६५१ सिसीदेखि माथि सबै ३०,००० रुपैयाँ पर्ने छ ।
यस्तै कार, जिप, भ्यान, माइक्रो बसको १००० सिसीसम्म २२,०००, १००० सिसीदेखि १५०० सिसिसम्म २५,०००, १५०० सिसीदेखि २००० सिसिसम्म२७,०००, २००० सिसीदेखि २५०० सिसिसम्म ३७,०००, २५०० सिसीदेखि ३००० सिसिसम्म५०,०००, ३००० सिसीदेखि ३५०० सिसीसम्म ६०,०००, ३५०० सिसीभन्दा माथि सबै ६५,००० रुपैयाँ पर्ने छ ।