नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द

नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो।

स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनैपनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि प्रक्रिया खारेज गरिएको प्राधिरकणले जनाएको छ। प्राधिकरणको प्रस्तावअनुसार नौवटा कम्पनीले आशयपत्र बुझाएका थिए। यीमध्ये५वटा कम्पनीलाई योग्य ठहर गरिएको थियो।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar