बढी भाडा लिने १५ सय सवारी चालक कारबाहीमा

बढी भाडा लिने १५ सय सवारी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पन्ध्र सय सवारीलाई कारबाही गरेको छ । सोमबार साँझ ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ५१ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कारबाही परेकामध्ये सबैभन्दा धेरै फुटपाथमा पार्किङ गर्ने १६५ जना छन् । यस्तै जथाभावी यात्रु चढाउने र ओराल्ने ६५ जना, रात्तो बत्ती उल्लंघन गर्ने ५२ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:     ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar