काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८–०७९ आजदेखि सुरु भएको छ। नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदै कर्मचारीको तलब बढाउने घोषणा गरेको थियो।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ१५ गते बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब दुईहजारले बढाएको बताएका थिए। उक्त घोषणा आजदेखि लागू भएको छ।
यस्तै सरकारले बढाएको जेष्ठ नागरिकको भत्ता पनि बढेको छ । सरकारले जेष्ठ नागरिकको भत्ता बढाएर मासिक ४ हजार पुर्याएको छ। आगामी वर्षदेखि जेष्ठ नागरिकले उक्त रकम बुझ्ने छन् ।