साउन १ देखि लामो दूरिको सार्वजनिक सवारी चल्न दिने तयारी

साउन १ देखि लामो दूरिको सार्वजनिक सवारी चल्न दिने तयारी

काठमाडौं । पछिल्लो समय थप गरिएको निषेधाज्ञा सकिनै लाग्दा साउनदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने तयारी गरिएको छ । काठमाडौं उपत्यकाका तीन प्रशासन कार्यालयले यस्तो तयारी थालेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्न दिनेबारे छलफल गरिने बताए । लामो दूरिको सवारी नचल्दा सर्वसाधारण नागरिकले दुःख पाएका छन् ।

उनले अहिले नै निषेधाज्ञाको बारेमा थप भन्न नसकिने बताए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । संक्रमणदर घट्दै जाँदा निषेधाज्ञा पनि खुकुलो गरिँदै आएको छ । पछिल्लो समय उपत्यकामा थप गरिएको निषेधाज्ञा असार ३१ गते सकिँदै छ ।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar