अब काठमाडौं प्रवेश गर्न प्रशासनबाट अनिवार्य स्वीकृति लिनुपर्ने

अब काठमाडौं प्रवेश गर्न प्रशासनबाट अनिवार्य स्वीकृति लिनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै यही ३१ गतेसम्मका लागि लम्ब्याइएको छ । उपत्यकामा यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने गरी आदेश थप गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु भने राख्‍न पाइने छैन । यातायात सञ्चालनमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्नुपर्ने छ । स्थानीय प्रशासनको अनुमति लिएर विशेष कामका लागि बाहिरका गाडीसमेत उपत्यका भित्रिन पाउने आदेशमा उल्लेख छ । यही असार २२ गते बिहानबाट लागू हुने आदेशमा सबै प्रकारका व्यवसाय खुला गरिने उल्लेख छ ।

प्रकाशित मिति:     २१ असार २०७८, सोमबार  |    Himali Khabar