काठमाडौं । भोलीदेखि २५ सिट क्षमता भन्दा माथिका सवारीसाधन जोर–बिजोर प्रणालीमा चलाउन पाइने भएपनि माइक्रो र टेम्पुजस्ता साना क्षमताका सार्वजनिक सवारी साधन भने तत्काल संचालन गर्न पाइने छैन् ।
साना सार्वजनिक सवारी साधनमा भौतिक दूरी कायम गर्न मुस्किल हुने र संक्रमणको जोखिम बढ्ने भन्दै उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले यस्तो निर्णय गरेका हुन । एकसाताको भाइरस संक्रमणको परिस्थिती हेरेर टेम्पु र माइक्रो संचालनबारे निर्णय गर्ने बताइएको छ।
सोमबार बसेको तीनै सीडीओहरुको बैठकले मंगलबारदेखि लागु हुने गरी २५ भन्दा बढी सिट क्षमताका सार्वजनिक सवारी साधनलाई जोर–विजोरको आधारमा संचालन अनुमति दिएका छन् ।