भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्ने

भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्ने

काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो ।

जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

जारी निषेधाज्ञालाई भने थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय भएको छ।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar