काठमाडौं। नेपालको इतिहासमा पहिलो बजेट ल्याउने अर्थमन्त्री सुवर्ण शम्शेर जबरा हुन्। उनले वि.सं.२००८ सालको माघ २१ गते नेपालको पहिलो बजेट घोषणा गरेका थिए।
नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सुरुवातसँगै आएको उक्त बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ थियो।
अहिले त्यो बजेटको आकार बढेर १४ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । आगामी वर्षमा त्यसको आकार अझै बढेर १५ खर्ब रुपैयाँ नाध्ने छ ।