मतदाता प्रभावित बजेट नल्याउन पाँच पूर्व निर्वाचन आयुक्तहरुको आग्रह

मतदाता प्रभावित बजेट नल्याउन पाँच पूर्व निर्वाचन आयुक्तहरुको आग्रह

काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरूले ‘मतदाता प्रभावित बजेट’ नल्याउन सरकारलाई सचेत गराएका छन् । सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट ल्याउन सक्ने आशंकाबीच पाँच पूर्व प्रमुख आयुक्तहरूले त्यसले समान प्रतिस्पर्धा र स्वच्छ र स्वतन्त्र निर्वाचन प्रभावित गर्न सक्ने भन्दै सचेत गराएका छन् ।

सरकारले प्रतिनिधि सभा भंग गरी २०७८ कात्तिक र मंसिरमा मध्यावधि चुनावको मिति घोषणा गरेको छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र दोलखबहादुर गुरूङ्गले संयुक्त विज्ञप्ति गर्दै ‘प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिध्दान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्‍न प्रभाव पार्नेगरी लक्षीत कुनै किसिमका नयां नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं ।’भनेका छन् ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar