काठमाडौंमा निषेधाज्ञा उलंघन गरे एक वर्षसम्म कैद वा पाँचलाख जरिवाना हुन सक्ने

काठमाडौंमा निषेधाज्ञा उलंघन गरे एक वर्षसम्म कैद वा पाँचलाख जरिवाना हुन सक्ने

काठमाडौं। राष्ट्रपतिद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश काठमाडौंमा लागू भएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त अध्यादेश कार्यान्वयन गर्न पाँचबुँदे पत्र सार्वजनिक गरेको छ।

प्रशासन कार्यालयले कुनै काम गर्न बाधा अवरोध सिर्जना गरे एक वर्षसम्म कैद वा पाँचलाख जरिवाना, मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ जरिवाना हुने सजाय हुने तोकेको छ।

प्रकाशित मिति:     १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar