काठमाडौं । संसद विघटन गरी गरी शुक्रबार राति घोषणा भएअनुसार मध्यावधि चुनाव सम्पन्न गर्न ९ अर्ब रुपैयाँको बजेट आवश्यक पर्ने भएको छ।
निर्वाचन आयोगले गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्दा ९ अर्ब रुपैयाँको हाराहारीमा खर्च आवश्यक पर्ने देखिएको हो।
निर्वाचन आयोगका प्रमुख आयुक्त आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचनमा करिव ९ अर्ब रुपैयाँ बराबर खर्च हुनसक्ने बताए।
शुक्रबार मध्यराति संसद विघटनको सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत मध्यावधि चुनावको घोषणा गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग पनि छलफल गरेका थिए।