काठमाडौं । डीआईजी बसन्त लामा एआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो । समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार जानकारीका लागि गृहमन्त्रालयले सूचना समेत प्रकाशित गरिसकेको छ ।
लामा हाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । उनी बढुवा भएमा पनि आगामी जेठ ८ देखि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।