काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए ।
बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको छ । सरकारले दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरिरहेको र कात्तिक २४ सम्म भने बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने उनको भनाइ छ ।