काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको समस्याभित्रका समस्या समाधान हुन नसकेकोबारे सचिवहरुसँग चासो राखेका छन् । सोमबार बढी पुँजीगत खर्चको जिम्मेवारी पाएका विकासे मन्त्रालयका सचिवहरुलाई मन्त्रालयमा बोलाएर उनले विकास निर्माणका कामले गति लिन नसक्ने कारणहरुबारे दर्जनभन्दा बढी विषयमा चासो राखेका हुन् ।
उनले कर्मचारीलाई होमवर्क पनि दिएका छन् । उनले सचिवहरुलाई सोधेका छन्, ‘पुँजीगत खर्च कम हुनुको कारण के हो ?, आर्थिक वर्षको अन्तिम महिनामा पूँजिगत खर्चको अनुपात बढी हुनुको कारण के हो ? यसको समाधान कसरी गर्न सकिन्छ ?’
अर्थमन्त्रीले दिएको यो होमवर्क सचिवहरुले अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनु पर्नेछ ।