एसियन एक्सिलेन्ट अचिभर अवार्ड–२०२५ नेपालका राम खड्काले पाए

एसियन एक्सिलेन्ट अचिभर अवार्ड–२०२५ नेपालका राम खड्काले पाए

काठमाडौं । एसियन एक्सिलेन्ट अचिभर अवार्ड २०२५ नेपालका राम खड्काले प्राप्त गरेका छन् । साउथ एसियन विजनेश पाटर्नरशिपले उनलाई पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड प्रदान गरेको हो ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र साउथ एसियन विजनेश पाटर्नरशिपका कार्यकारी निर्देशक गोल्मा फारुक मञ्जुले संयुक्त रुपमा प्रदान गरेका हुन । खड्का एल्लो प्यागोडा होटलका कार्यकारी सेफ हुन । उनी विगत १५ वर्षदेखि यो होटलमा सेफको रुपमा कार्यरत छन् । यो अवार्डले आफूलाई उत्साहीत बनाएको बताउँनुभयो । आगामी दिनमा पर्यटन क्षेत्रमा थप कार्य गर्न हौसला प्रदान गरेको पनि उहाँको भनाई छ ।

प्रकाशित मिति:     ३० मंसिर २०८२, सोमबार  |    Himali Khabar