भोलिदेखि सार्वजनिक यातायात पास लिएर उपत्यका आउन पाउने

भोलिदेखि सार्वजनिक यातायात पास लिएर उपत्यका आउन पाउने

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा साउन १० गते सम्म थप गर्ने निर्णय गरेको छ । बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय पनि गरेको छ ।

यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।
गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

प्रकाशित मिति:     ३१ असार २०७८, बिहीबार  |    Himali Khabar