विराटनगरमा कोरोनाको नयाँ भाइरस भेटिएको अनुमान

विराटनगरमा कोरोनाको नयाँ भाइरस भेटिएको अनुमान

विराटनगर, १० चैत । पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका सहरहरुमा भेटिका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने अनुमान गरिएको छ ।

ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिनयताका संक्रमितमा नयाँ भाइरसको संक्रमण भएको हुन सक्ने स्वास्थ्य विज्ञको अनुमान छ । कोरोनाको नयाँ भेरिएन्ट्स पहिलेको तुलनामा निकै संक्रामक मानिन्छ ।

विराटनगरमा मंगलबार थपिएका एकसहित पाँच दिनयता ७ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबार झापा, मोरङ र सुनसरीमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश बाहिरका एक जना, सुनसरीको धरान उपमहानगरपालिकाका एक र ठेगाना नखुलेका एक र झापाका अर्का एक जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबार दुई सय ४२ जनाको स्वाब परीक्षण गरिएको थियो ।

प्रकाशित मिति:     १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar