दही–चिउरा खादा नुवाकोटको बेलकोटगढी ८ जिलिङका ६ जना बिरामी

दही–चिउरा खादा नुवाकोटको बेलकोटगढी ८ जिलिङका ६ जना बिरामी

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ८ जिलिङमा दही–चिउरा खादा ६ जना बिरामी परेका छन् । घर नजिकैको पसलबाट किनेर ल्याएको चिउरा कुमार तामाङ र सिता तामाङको घरमा बनाइएको दहीसँग मिसाएर खादा उनीहरु दुई जना सहित निरा तामाङ, एलिसा तामाङ, अजय तामाङ र सर्मिला तामाङ बिरामी परेका हुन ।

चार दिनअघि बिरामी परेका उनीहरु मध्ये निरा, एलिसा र अजय तामाङको काठमाडौंको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ भने सर्मिला, सिता र कुमार तामाङको भने त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

चिकित्सकले फुड पोइजन भएको बताएको र काठमाडौंमा उपचार गराइरहेकाहरुको होस खुलेपनि अझै राम्रोसँग बोल्न सक्ने अवस्थामा नरहेको बिरामीका कुरुवाले जानकारी दिए । त्रिशुली अस्पतामा उपचार गएकाहरुको अवस्था भने सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar