काठमाडौं । लाइन्स कल्व अफ काठमाडौं उडानले काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा भर्ना भएका कोराना संक्रमित तिनका कुरुवा र स्वास्थ्यकर्मीलाई निःशूल्क खाना खुवाएको हो ।
साथै लाइन्सले एक महिनाका लागि पुग्ने गरी बेलुकाको खाना वितरण गरिरहेको पनि समाजसेवी एवम् कल्वकी अध्यक्षा रिमा अग्रवालले जानकारी दिइन । होटल बन्द भएको र सवारी साधन समेत सञ्चालन नभएको अवस्थामा विरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई सहज होस भनेर खाना वितरण गरिएको अध्यक्ष अग्रवालले बताइन् । अहिले दैनिक दश जना स्वयम्सेवकहरुले विरामी, कुरुवा र स्वास्थ्यकर्मी सहित एक सय पचास भन्दा बढीलाई वेलुकाको खाना वितरण गरिसकेको छ ।
अस्पतालमै निःशूल्क खना वितरण भएपछि कोराना संक्रमणका कारण अस्पताल भर्ना भएका विरामी र कुरुवालाई केही राहत भएको विरामीका आफन्तहरुले बताए । दैनिक अठारदेखि चौविस घण्टा खट्नु पर्ने स्वास्थ्यकर्मीलाई समेत अस्पतालमै लाइन्सले वेलुकाको खाना वितरण गर्दा सहज भएको छ ।