तारकेश्वर गाउँपालिकाको आठवटै स्वास्थ्य चौकीलाई १६ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

तारकेश्वर गाउँपालिकाको आठवटै स्वास्थ्य चौकीलाई १६ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको आठ वटै स्वास्थ्य चौकीलाई १६ लाख रुपैयाँ बराबरको विभिन्न औषधिसहित अन्य स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । बोधिसत्व बिहारको आर्थिक सहयोगमा एन्जिलिना शिवशक्ति ट्रस्टले कोरोना संक्रमण भएका वा मिल्दोजुल्दो लक्ष्ण देखिएका सबैलाई निःशुल्क औषधि वितरण गर्ने उदेश्य अनुरुप औषधि, पिपिइ, सेनिटाइजर, थर्मोमिटर, अक्सिमीटर , माक्स, भाडाकुडा सहित अन्य अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको हो ।

ट्रस्टका अध्यक्ष एवम् नेपाली कांग्रेस नुवाकोटका युवा नेता शिव अधिकारी ‘अविर´ले यो पवित्र कार्यमा सहयोग गर्ने बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी, विहारका कार्यक्रम संयोजक समाजसेवी शान्त शर्मा लगायत समस्त विहार परिवारप्रति विशेष आभार प्रकट गरेका छ्न ।

यसअघि तारकेश्वरका युवा नेता तथा नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति राजकुमार भट्टराईको संयोजकत्वमा गठित अध्ययन तथा अनुगमन समितिले ८ वटै स्वास्थ केन्द्रका लागि तत्काल आवश्यक सामाग्रीबारे अध्यान गरि प्रतिवेदन तयार पारेको थियो । आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर जारी राख्ने अधिकारीले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar