नुवाकोटका कुन स्थानीय तहले आगामी वर्ष कति अनुदान पाउछन् ? (हेर्नुस् सूचीसहित)

नुवाकोटका कुन स्थानीय तहले आगामी वर्ष कति अनुदान पाउछन् ? (हेर्नुस् सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ। स्थानीय तहतर्फ समानीकरण अनुदानमा न्यूनतम २६ अर्ब ६८ करोड ५० लाख, सूत्रमा आधारित ५७ अर्ब ७९ करोड ५० लाख र कार्यसम्पादनमा आधारित ३ अर्ब ५२ करोड गरी ८८ अर्ब रुपैयाँ सिफारिस गरेको हो।

वित्त आयोगको सिफारिसकै आधारमा आगामी बजेटबाट संघीय सरकारले वित्तीय समानीकरण अनुदान उपलब्ध गराउनुपर्ने हुन्छ। आयोगले यो न्यूनतम आवश्यकता, सूत्रमा आधारित र कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान उपलब्ध गराउँछ। नुवाकोटको १२ स्थानीय तहले १ अर्ब भन्दा बढी अनुदान पाउने छन् ।


कुन स्थानीय तहलाई कति प्राप्त गर्छन ?
म्यगङ गाउँपालिका ः ७ करोड १२ लाख
बेलकोटगढी गाउँपालिका ः ११ करोड ८० लाख
दुप्चेश्वर गाउँपालिका ः ८ करोड ४४ लाख
तादी गाउँपालिका ः ७ करोड ९१ लाख
सूर्यगढी गाउँपालिका ः ७ करोड ६७ लाख
बिदुर नगरपालिका ः १४ करोड ९१ लाख
किस्पाङ गाउँपालिका ः ७ करोड ३९ लाख
तारकेश्वर गाउँपालिका ः ७ करोड ५० लाख
लिखु गाउँपालिका ः ८ करोड ११ लाख
पञ्चकन्या गाउँपालिका ः ७ करोड ७६ लाख
शिवपुरी गाउँपालिका ः ८ करोड ४९ लाख
ककनी गाउँपालिका ः ९ करोड ७६ लाख

प्रकाशित मिति:     ७ चैत्र २०८०, बुधबार  |    Himali Khabar