बेथानचोक जेसीजको भित्तेपात्रो विमोचन

बेथानचोक जेसीजको भित्तेपात्रो विमोचन

काठमाडौं । बेथानचोक जेसीजको नयाँ वर्ष २०७८ सालको भित्तेपात्रो एक समारोहका बीच विमोचन भएको छ । काठमाडौंको होटल एल्लो प्यागोडामा एक कार्यक्रम आयोजना गरी २०७८ सालको भित्तेपात्रो विमोचन गरिएको हो ।

नेपाल जेसीजको नेशनल काउन्सिलर एकेडेमी २०२१ को भब्य समारोहमा गरेको उक्त विमोचन कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनाल, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा पदाधिकारी, नेपाल जेसीजका वर्ष २०२१ का राष्ट्रिय पदाधिकारी र देशभर रहेका १६१ वटा शाखाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेका केन्द्रीय सदस्य अमृत अर्याल लगायत विभिन्न क्षेत्रका सम्मानित व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

उक्त भित्तेपात्रोमा सार्वजनिक विदा, विवाह मुहुर्त, रुद्रि, अग्नी जुर्ने, गृहारम्भ, गृह प्रवेश, ब्रतबन्ध मुहुर्त, पास्नी साइत, धान्य छेदन, औसी पूर्णिमा, एकादशी लगायतका साइतहरु समेत उल्लेख गरिएको छ । बेथानचोक जेसीजको भित्तेपात्रो देशभरका १६१ शाखा र बेथानचोक गाउँपालिकामा रहेका करिब ४ हजार ५०० घरमा पु¥याउँने लक्ष्य लिइएको बेथानचोक जेसीजका अध्यक्ष हरिकृष्ण दाहालले जानकारी दिए ।

प्रकाशित मिति:     २९ चैत्र २०७७, आईतवार  |    Himali Khabar