बेथानचोक जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

बेथानचोक जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

काभ्रे , १५ चैत । बेथानचोक जेसीजको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । रङहरुको पर्व होलीको अवसरमा काभ्रेको महाभारत पर्वत शृङ्खलामा रहेको बेथानचोक नारायण मन्दिरमा हरेक वर्ष श्रद्धालु भक्तजनहरुको मेला लाग्ने गर्छ ।

३०१८ मिटर उचाईमा रहेको उक्त मन्दिरमा आन्तरिक एवम् बाह्य पर्यटकहरु मेला भर्न आउने गर्दछन् । आज उनीहरुको स्वागत तथा सम्मानमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय महासचिव जेसीआइ सिनेटर विकास मानन्धर, पुर्व राष्ट्रिय उपाध्यक्ष जेसीआइ सिनेटर रुक्मणि सिग्देल, बेथानचोक जेसीजका संस्थापक अध्यक्ष जेसी मुक्तिनाथ तिमल्सिना, निवर्तमान अध्यक्ष जेसी राजेश तिमल्सिना, बेथानचोक क्षेत्र सरोकार समाजका प्रमुख सल्लाहकार मछिन्द्र कुमार लामा, स्थानीय अग्रज समाजसेवी गेण प्रसाद तिमल्सिना लगायत स्थानीयहरुको सहभागिता रहेको बेथानचोक जेसीजका अध्यक्ष हरिकृष्ण दाहालले जानकारी दिए ।

उनले आफ्नो कार्यकालमा अग्रजहरुको अनुभवलाई जेसीजसंग जाेडेर समुदायको परिवर्तन, युवाहरूको व्यक्तित्व र नेतृत्व विकासका साथै स्थानीय सरकारसंगको सहकार्यमा समयसमयमा विभिन्न कार्यक्रम संचालन गर्दै जाने बताए ।

प्रकाशित मिति:     १५ चैत्र २०७७, आईतवार  |    Himali Khabar