ललितपुरमा १६ औं महा मै मैत्री दिवस एवम् विश्वशान्ती पूजा सम्पन्न

ललितपुरमा १६ औं महा मै मैत्री दिवस एवम् विश्वशान्ती पूजा सम्पन्न

काठमाडौं, ८ चैत । बोधि मार्ग दर्शन मैत्री धर्मको हिजोदेखि देशका विभिन्न स्थानमा शुरु भएको १६औं विश्व शान्ति महा मै मैत्री पूजा तथा प्रार्थना जारी छ ।

अस्तित्वको समुचित नियमन तथा शान्ति, सह-जीवन, सह-अस्तित्व, सह-वास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षका लागि हिजो चितवन र आज ललितपुरमा पूजा तथा प्रार्थना गरिएको छ ।

भोलि १० गते सिन्धुपाल्चोक, ११ गते झापा र १२ गते सर्लाही जिल्लाको पत्थरकोटमा हुनेछ ।

सत्यलाई कसैले कतैबाट कुनैपनि तरिकाबाट कुल्चन नसक्ने अमर तथ्य बुजेर समय रहँदै सत्य मार्ग अवलम्वन गर्न बोधि श्रवन धर्म संघले आव्हान गरेको छ ।

प्रकाशित मिति:     ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar