प्रदेश–२ मा मात्रै ८४९ सीमास्तम्भ गायब, ९१ वटा खोलाले बगायो

प्रदेश–२ मा मात्रै ८४९ सीमास्तम्भ गायब, ९१ वटा खोलाले बगायो

काठमाडौं। प्रदेश–२ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८ सय ४९ वटा सीमास्तम्भ हराएका छन्। सप्तरी गोबरगाढादेखि पर्साको ठोरीसम्म चार सय ६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८ सय ४९ वटा हराएका हुन्।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीकाअनुसार प्रदेश–२का आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये दुई हजार ६४ सीमास्तम्भ रहेको, सात सय चार वटा मर्मत गर्नुपर्ने, तीन सय १९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएको र ८ सय ४९ सीमास्तम्भ हराएका छन्।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar