आजदेखी पशुपतिनाथमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक

आजदेखी पशुपतिनाथमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्टलाई ध्‍यानमा राख्‍दै आजदेखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक लगाइएको छ । हिजो पशुपति क्षेत्र विकास कोषले अत्यन्त जुरूरी सूचना जारी गर्दै आजदेखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्‍य पूजाबाहेक अन्‍य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको हो ।

अर्को व्‍यवस्था नभएकोसम्‍मको लागि भगवान् श्रीपशुपतिनाथको मन्दिर, गुह्‍येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्‍य पूजा बाहेक अन्‍य क्रियाकलाप गर्न नपाउनेगरी व्‍यवस्था मिलाइएको सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ ।

प्रकाशित मिति:     १० बैशाख २०७८, शुक्रबार  |    Himali Khabar