काठमाडौंको फोहोर तत्काल उठाउन सक्ने अवस्था छैन : मेयर शाक्य

काठमाडौंको फोहोर तत्काल उठाउन सक्ने अवस्था छैन : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात् नरोकिएमा अझै केही दिन काठमाडौंको फोहोर उठाउन नसकिने जनाएका छन् ।
बर्सादका कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा गाडी जान नसकेको उनले जानकारी दिए ।

‘वर्षातको कारणले सिसडोलसम्म गाडी जानसक्ने स्थिति रहेन । हिजो पहिरो गएर बाटोको समस्या रह्यो, पहिरो पन्छाइसकेका छौँ । सहज रुपमा गाडी जान सकेका छैनन्’ मेयर शाक्यले भने, ‘यसकारण जुन मात्रामा फोहोर संकलन गरेर त्यहाँ व्यवस्थापन गर्नुपर्ने हो त्यो भइरहेको छैन ।’

सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने सडक सडक विभागले छिट्टै बनाइदिए फोहोरको समस्या समाधान हुने उनको भनाइ छ ।

पछिल्लो दुइसाता यता काठमाडौंको फोहोर उठेकाे छैन । काठमाडौं महानगरपालिकाले केहिदिन अघि सूचना नै निकालेर शहरबासीलाई फोहोर बाहिर ननिकाल्न भनेको छ । तर पनि शहरका चोकचोकमा फोहोर थुपारिएका छन् । काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसत १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar