लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री पाण्डेयले दिए राजीनामा

काठमाडौं । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री बनेका सन्तोष कुमार पाण्डेयले राजीनामा दिएका छन् । पाण्डेयले मंगलबार मन्त्रीपदबाट राजीनामा दिएका हुन।

गत वैशाखमा मन्त्री बनेका पाण्डेयसहित कल्पना पाण्डेय र विजय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको थियो। उनीहरूले राजीनामा नदिएपछि जसपाले कारबाही गर्दै सांसद पदबाट हटाएको थियो। सांसद पदबाट हटाइएपछि उनीहरू जसपाको निर्णयविरुद्ध अदालतसम्म पुगेका थिए। तर, अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

मन्त्री पाण्डेयले सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त हुने बताउँदै राजीनामा दिएका हुन।

प्रकाशित मिति:     २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar