सामाजिक सुरक्षा भत्ताको ३९ लाख रुपैयाँ वडा सचिवको कोठाबाट चोरी

सामाजिक सुरक्षा भत्ताको ३९ लाख रुपैयाँ वडा सचिवको कोठाबाट चोरी

बझाङ । बझाङको बुंगल नगरपालिका वडा नम्बर ९ र ११ को सामाजिक सुरक्षा भत्तावातको रकम चोरी भएको छ । वडा सचिवको कोठाबाट वितरणका लागि राखिएको ३९ लाख रुपैयाँ चोरी भएको हो । वडा सचिव वपिन्द्र महतोको कोठाबाट दुई वठाका लागि वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मंगलबार राति चोरी भएको बताइएको छ ।

स्थानीय धनवीर बोहराको घरमा भाडामा बस्दै आएका वडासचिव महतोले बैंकबाट रकम निकालेर आफ्नो कोठामा राखेका थिए । चोरी भएको भनिए पनि घटना हेर्दा रहस्यमय लागेको प्रहरीले जनाएको छ । कोठामा कुनै प्रकारको तोडफोड, चोरी गरेजस्तो देखिने प्रमाणहरु केही पनि नभेटिएको प्रहरीले बताएको छ । रकम राखिएको दराजसमेत तोडफोड भएको पाइएको छैन ।

अकस्मात गायब भएजस्तो देखिएकाले शंकास्पद तरिकाले प्रहरीले अनुसन्धान थालेको छ । वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताए ।

उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब २१ लाख ९१ हजार रुपैयाँ वितरण गरिसकिएको र ३९ लाख वितरण गर्नका लागि राखिएको जनाइएको छ ।

प्रकाशित मिति:     ३१ असार २०७८, बिहीबार  |    Himali Khabar