बाराको पचरौता नगरपालिकाले स्नातक पास गर्ने महिलालाइ ५१ हजार भत्ता दिने

बाराको पचरौता नगरपालिकाले स्नातक पास गर्ने महिलालाइ ५१ हजार भत्ता दिने

बारा । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी छात्रा (महिला) लाई ५१ हजार रुपैयाँ भत्ता दिने भएको छ। नगर सभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई ५१ हजार रुपैयाँ भत्ता दिने उल्लेख छ।

छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८–०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए।नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ। प्रमुख यादवले पचरौता नगरपालिकामा जनतामुखी रचनात्मक बजेट ल्याई नागरिकलाई सबल एवं सक्षम बनाउनका लागि कृषि मिटरमा शुल्क फ्रि तथा गरिब, दलित, असहाय, विपन्न वर्गका लागि निःशुल्क रुपमा खाना पकाउने ग्यास सिलिण्डरसहित चुलो प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar