वडा सचिवद्वारा वडा कार्यालयमै २१ वर्षीय युवतीलाई बलात्कार

वडा सचिवद्वारा वडा कार्यालयमै २१ वर्षीय युवतीलाई बलात्कार

सल्यान । बलात्कार आरोपमा सल्यानका एक वडा सचिव पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकीलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

२१ वर्षीय युवतीलाई वडा कार्यालयमै लगेर बलात्कार गरेको आरोपमा सचिव कालाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गएको असार १९ गते वडा कार्यालयमा जाँदा आफूलाई कोठाभित्रै बलात्कार गरेको आरोप लगाउदै युवतीले असार २५ गते मात्रै प्रहरीमा उजुरी दिएकी थिइन् ।

घटनाको साता दिन बित्नै लाग्दा युवतीको परिवारले थाहा पाएपछि प्रहरीमा उजुरी दिएको बताइएको छ । घटनाको सम्बन्धमा थप अनुशन्धान भइरहेको प्रहरीको भनाइ छ । आरोपीत कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति:     २८ असार २०७८, सोमबार  |    Himali Khabar