लामो समयसँगै रहेका १० नेताले दिएनन् माधव नेपाललाई साथ

लामो समयसँगै रहेका १० नेताले दिएनन् माधव नेपाललाई साथ

काठमाडौं । लामो विवादपछि अन्तत ः नकपा (एमाले) फुटेको छ । वरिष्ठ नेता वरिष्ठ नेता माधवकुमार नेपालले आज निर्वाचन आयोगमा एमाले (समाजवादी) नामको नयाँ दल दर्ता गरेसँगै पार्टी औपचारिक रुपमै विभाजित भएको हो ।

यद्यपी अहिलेसम्म नेपाललाई साथ दिएका नेकपा एमालेका नेताहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहरा अहिले पार्टी विभाजनको विपक्षमा देखिएका छन् ।

उपाध्यक्ष वामदेव गौतम भने नेपाल पक्षतिर ढल्किएको देखिन्छ ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar