कांग्रेस वरिष्ठ नेता पौडेलले खुमलटार पुगेर प्रचण्डपत्नीको स्वास्थ्य लाभको कामना गरे

कांग्रेस वरिष्ठ नेता पौडेलले खुमलटार पुगेर प्रचण्डपत्नीको स्वास्थ्य लाभको कामना गरे

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्। सोमबार बिहान नेता पौडेल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन्।

पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझेर फर्किएको प्रचण्डको सचिवालयले जनाएको छ। लामो समयदेखि सीता दाहाल बिरामी छन्। यसअघि सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar