कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ । पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको लागेको समितिले देशभर करीब १०० वडामा १३औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ ।

समिति प्रवक्ता प्रदीप पौडेलले मंगलबार पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको प्रतिवेदन बुझाउने जानकारी दिए । सबैभन्दा बढी विवादित प्रदेश दुईका सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा समितिले सहमति जुटाउन सकेन । समितिमा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न सिफारिस गरिएको छ ।

त्यस्तै समायोजनको विषयमा सिन्धुपाल्चोक र रसुवामा विवाद देखिएको छ । समितिले यी दुई जिल्लाबारे निर्णय गर्न केन्द्रीय पदाधिकारीलाई सिफारिस गरेको हो ।

प्रकाशित मिति:     १० श्रावण २०७८, आईतवार  |    Himali Khabar