राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिमका १४ सांसदको दबाब

राजीनामा फिर्ता लिन भीम रावललाई सुदूरपश्चिमका १४ सांसदको दबाब

धनगढी । नेकपा एमाले सुदूरपश्चिम (माधव समूह) का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।

रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar