कांग्रेसले वडा अधिवेशन दश दिन पर सार्ने तयारी

कांग्रेसले वडा अधिवेशन दश दिन पर सार्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन दश दिन पर सार्ने तयारी गरेको छ। पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ भएको र बारा तथा सप्तरीलगायत केही जिल्लामा नयाँ क्रियाशील हालका लागि स्थगित गरिएपछि केही दिन वडा अधिवेशन सार्न लागिएको हो।

कांग्रेसले बनाएको महाधिवेशन कार्यतालिकाअनुसार साउन १२ गते देशैभरका वडा अधिवेशन हुनुपर्ने हो। तर अझै क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक भइसकेको छैन ।

प्रकाशित मिति:     ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar