राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीविरुद्ध कालो टोपी प्रदर्शन

राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीविरुद्ध कालो टोपी प्रदर्शन

काठमाडौं । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रिय सभाको आजको बैठकमा कालो झण्डाका रूपमा आफ्नो टोपी देखाएका छन् ।

उनले प्रतिनिधि सभा पटक-पटक विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफ्नो कालो टोपी देखाएका हुन् ।

‘संविधानलाई धुजा धुजा बनाएको बेलामा कालोझण्डा बोकेर निस्कनुपर्ने बेला थियो यो,’ उनले भने, ‘मैले आज कालो क्याप लगाएर आएको छु । यसलाई कालो झण्डाका रूपमा यसलाई प्रयोग गरेको छु ।’ यति भनेपछि उनले आफ्नो कालो टोपी निकालेर देखाए । उनी नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । 

प्रकाशित मिति:     २१ असार २०७८, सोमबार  |    Himali Khabar