माधव नेपालले आफू निकट नेता कार्यकर्तालाई भने – ओली प्रवृतीको मात्र विरोध गर्नु तर नमिठो नबोल्नु

माधव नेपालले आफू निकट नेता कार्यकर्तालाई भने – ओली प्रवृतीको मात्र विरोध गर्नु तर नमिठो नबोल्नु

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता कार्यकर्तालाई मान्छे भड्किने खालका कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । नेपालले आफैं फोन गर्दै र बैठकहरुमा समेत एमाले विवादका सन्दर्भमा झगडालु अभिव्यक्ति नदिन भनेका छन् ।

केही दिनअघि नेपालले स्वकीय सचिव मोहन गौतममार्फत जगन्नाथ खतिवडा, मेटमणि चौधरी, झपट रावल, निरा जैरु, विरोध खतिवडा, राजेन्द्र राई लगायतका नेतालाई फोन गरेर संयमित अभिव्यक्ति दिन सुझाएको बताइएको छ। कतिपय नेतालाई नेपाल आफैंले कोही पनि नेता कार्यकतालाई घोचपेच हुने झगडालु अभिव्यक्ति नदिन सुझाएका हुन् ।

केपी ओली प्रवृतिको विरोध गर्ने तर व्यक्तिगत रुपमा कसैलाई गाली नगर्ने भन्ने उनको निर्देश्न छ।

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar