कति छ स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको सम्पति ?

कति छ स्वास्थ्य मन्त्री शेरबहादुर तामाङको सम्पति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनका श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा जमिन छन्।

कानुनमन्त्री हुँदा तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सम्पत्ति विवरण सार्वजनिक पहिलो मन्त्री थिए।कानुनमन्त्री हुँदा काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उषाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए। यसपटक भने मन्त्री तामाङको सम्पत्ति विवरणमा २२ तोला सुनमात्र भएको उल्लेख गरिएको छ।

कानुनमन्त्री छाँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा ७० लाख रुपैयाँ ऋण रहेको उल्लेख थियो। यसपटक ऋण ३५ लाखमात्र भएको उल्लेख छ। कृषि विकास बैंकमा १६ लाख रुपैयाँ ऋण रहेको र अन्यमा १९ लाख ऋण भएको उनले उल्लेख गरेका छन्। यस्तै, कानुन मन्त्री हुँदा तामाङले विभिन्न कम्पनीका १५ लाख रुपैयाँको शेयर रहेको जनाएका थिए।

अहिले भने शेयर बढेर २० लाख रुपैयाँ पुगेको छ। यसैगरी तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको उल्लेख छ। यसैगरी, मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन्।

प्रकाशित मिति:     २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar