संवैधानिक इजलासमा प्रधानन्यायाधीशले छाने ४ न्यायाधीश

संवैधानिक इजलासमा प्रधानन्यायाधीशले छाने ४ न्यायाधीश

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। सुनुवाइका लागि प्रधानन्यायाधीश चेलेन्द्र शम्शेर जबराको नेतृत्वमा रहने ५ सदस्यीय संवैधानिक इजलासमा दिपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ परेका छन्।

संविधानको धारा १३७ मा संवैधानिक इजलास गठनको व्यवस्था छ। न्यायपरिषद्को सिफारिसमा तयार पारिएको १३ जना न्यायाधीशको रोष्टरबाट प्रधानन्यायाधीसले ४ जना न्यायाधीश छानेका हुन्।

प्रकाशित मिति:     १४ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar