प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट दर्ता

प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट दर्ता

काठमाडौं। प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल,अमिता गौतम पौडेल र तुलसीराम पौडेलले प्रारम्भदेखिकै प्रक्रिया बदर गर्न माग गर्दै रिट दर्ता गरेका हुन्।

दर्ता भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र कानून मन्त्रालयलाई विपक्षी बनाइएको छ। रिटको अन्तिम टुंगो नलागेसम्म तत्काल निर्णयहरु कार्यान्वयन नगर्न,नगराउन माग गरिएको छ

प्रकाशित मिति:     ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar