प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सभापति शेरबहादुर देउवाले पत्र बुझाएका हुन्।

खोप आपूर्तिको व्यवस्था गर्नुपर्ने, अक्सिजन प्लान्ट र सिलिण्डर तत्काल आपूर्ति गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, उद्योग व्यवसायलाई पुनर्कर्जा सुविधा र व्याजमा सहुलितय दिने व्यवस्था हुनुपर्ने लगायतका माग रहेका छन्। यस्तै कांग्रेसले कोरोना नियन्त्रणको संवेदनशील काममा कमिसनको चक्करले ढिलासुस्ती आउनु दुस्खद् रहेको बताएको छ।

कन्ट्याक्ट ट्रेसिङ र त्यसका आधारमा लक्षित पीसीआर परीक्षणको अभावमा संक्रमितहरुको संख्या निकै बढी भएको सहजै अनुमान गर्न सकिने कांग्रेसले बताएको छ। उपचार पहुँचको अभावमा मृत्यु हुनेहरुको संख्या पनि सार्वजनिक गरिएको संख्या भन्दा बढी छ रहेको कांग्रेसको भनाइ छ।

प्रकाशित मिति:     ६ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar